मंगलबार सुनको मूल्य स्थिर रह्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मंगलबार सुनको मूल्य स्थिर रह्यो


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर भएको छ ।

गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको महासङ्घको भनाई छ ।

यस्तै मंगलबार चाँदीको मूल्य भने केही दिनयताको स्थिरता तोड्दै प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस