काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा सातौँ तह नर्सिङ अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । गत वर्ष लिइएको कम्युनिटी नर्सिङ र जनरल नर्सिङको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
जनरल नर्सिङ समूहमा महिलाका लागि एक जनाको माग भएकोमा १४९ जना लिखित परीक्षामा सहभागी भएका थिए । ती मध्ये ३ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
यस्तै कम्युनिटी नर्सिङ पदका लागि खुलातर्फ एक जानको माग भएकोमा ६२ जनाले लिखित परीक्षा दिएका छन् । जसमा ३ जना उत्तीर्ण भएका छन् ।
लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको सामूहिक परीक्षण र सीप परीक्षण भदौ २१ गते लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा हुने भनिएको छ ।
नतिजा :