मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललाई काठमाडौँ महानगरको सहयोग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललाई काठमाडौँ महानगरको सहयोग


८ असार २०७८, मंगलबार


सिन्धुपाल्चोक । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ ।

उनीहरुले मेलम्ची नगरपालिकालाई रु दुई करोड तथा पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई रु ५०–५० लाख हस्तान्तरण गरे । काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच गत पुस २१ गते भगिनी सम्बन्ध स्थापना भएको थियो ।

बाढीग्रस्त क्षेत्रको अवलोकनपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले यो दुःखद् परिस्थितिमा काठमाडौँ महानगरले यहाँका स्थानीय बासिन्दाको घाउमा मल्हम लगाएको बताए ।

कामपा प्रमुख शाक्यले मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पालसँग काठमाडौँ महानगरपालिकाको सम्बन्ध जोडिएको र यहाँको नदीको पानीबाट काठमाडौँबासी तिर्खा मेटाउन आतुर रहेको धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस