खोलाले बगाएको चौधरीको शव फेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खोलाले बगाएको चौधरीको शव फेला


२ असार २०७८, बुधबार


गोरखा । ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ ।

आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ का चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बगाएको स्थानदेखि करीब दुई किलोमिटर तल खोलामा ढुङ्गाका चेपुवामा शव फेला परेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस