आफूले चढ्ने गाडी एम्बुलेन्स बनाउने बोगटान फुडसिल गाउँपालिका अध्यक्षको घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आफूले चढ्ने गाडी एम्बुलेन्स बनाउने बोगटान फुडसिल गाउँपालिका अध्यक्षको घोषणा


२३ बैशाख २०७८, बिहिबार


डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले आफूले प्रयोग गर्ने गाडी एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।

नोबेल कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमण बढ्दै गएपछि बिरामी ओसार पसार गर्ने प्रयोजनका लागी एम्बुलेन्स बनाउने अध्यक्ष गड्सिलाले बताएका छन् ।

महामारी बढ्दै गएमा गाउँपालिकामा एक मात्र एम्बुलेन्सले पर्याप्त सुविधा दिन सक्ने अवस्था नरहेको हुँदा आफूले प्रयोग गर्दै आएको बोलेरो जिपलाई एम्बुलेन्स बनाउने निश्कर्षममा पुगेको अध्यक्ष गड्सिलाले बताए ।

नागरिकको सुरक्षा तथा उपचार पहिलो प्राथमिकता भएका कारण राज्यका स्रोत साधन कोभिड विरुद्ध केन्द्रित गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

कोभिड –१९ सँग जुध्नका लागी सबै प्रकारका तयारीमा जुटेको गाउँपालिकाले विपदमा आफ्नो स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ ।

आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गर्ने उनी डोटी जिल्लाको पहिलो अध्यक्ष हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस