नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका बिरामी भर्ना नगर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका बिरामी भर्ना नगर्ने


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । संक्रमणको दर तीव्र रुपमा वृद्धि हुँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले बताएको छ ।

अस्पतालले विज्ञप्तिमा भनेको छ,–‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौँ ।’

अहिले अस्पतालमा १३३ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस