रुरु जलविद्युतको आइपिओ चैत २० गतेदेखि बिक्री हुँदै, ८ हजार १५४ कित्ता कम्पनीकै कर्मचारीलाई « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रुरु जलविद्युतको आइपिओ चैत २० गतेदेखि बिक्री हुँदै, ८ हजार १५४ कित्ता कम्पनीकै कर्मचारीलाई


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । रुरु जलविद्युत आयोजनाले चैत २० गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरी छिटोमा चैत २४ र ढिलोमा बैशाख ३ गतेसम्म बिक्रीमा रहने जानकारी दिएको छ ।

कूल कित्तमध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता समामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

स्थानीयमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्यसहित आईपीओ जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य रू. १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।

माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र बिक्रीमा रहने कम्पनीको भनाई छ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेट ३ रेटिङ प्रदान गरेको छ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी ४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । स्थानीय सहित सर्वसाधारणमा ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको थियो ।

फागुन ७ गतेदेखि २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरी चैत ९ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले गुल्मीको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रूरू जलविदुत परियोजना निर्माण गरी २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई बिक्री गरेको छ । जुन गत आवको तुलनामा ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ ११८ दशमलव ८४ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस