काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।
संसद् सचिवालय स्रोतका अनुशार आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन् ।
दाहाल–नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि दुबै जनाले सभामुख सापकोटालाई भेटेका हुन् ।
प्रतिनिधिसभाको सातौँ हिउँदे अधिवेशन आज(आइतबार) ४ बजे बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ४ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो ।