मेलम्चीको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्ने, प्रधानमन्त्रीले अवलोकन गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मेलम्चीको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्ने, प्रधानमन्त्रीले अवलोकन गर्ने


२२ फाल्गुन २०७७, शनिबार


melamchi-tunnel_karyadal

काठमाडौँ । मेलम्चीको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्ने भएको छ ।

केहीदिनअघि खानेपानी आयोजनाले परीक्षण्का लागि सुरुङमा हालेको पानी आज दिउँसोसम्म सुन्दरीजल आइपुग्ने बताइएको छ।

सुन्दरीजल प्रशोधन केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी पठाइएको थियो ।

आयोजनाले वाग्मतीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

सुन्दरीजलदेखि बल्खुसम्मको क्षेत्रमै माइकिङ गरी सजग रहन तथा नदी आसपास नजान आयोजनाले आग्रह गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस