अदालतले संसद पुनःस्थापना नगरे जनताले गर्छन् : नेता भुसाल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अदालतले संसद पुनःस्थापना नगरे जनताले गर्छन् : नेता भुसाल


प्रशासन संवाददाता

१२ पुस २०७७, आइतबार


बुटवल । नेकपा दाहाल नेपाल समुहका नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।

रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (दाहाल नेपाल) समूहले गरेको जिल्ला भेलामा सहभागी हुन आएका भुसालले पत्रकारहरूसँग कुरा गर्दै प्रतिनिधि सभा पुनर्स्थापना नभएमा मुलुक सत्यानासतिर जाने बताए।

उनले भने, ‘अफ्रिकाका केही मुलुकमा बाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने सुनेको छैन मैले। त्यसैअनुसार हामीकहाँ अझैपनि संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ।’

उनले अदालतले सरकारको दबाबमा प्रतिनिधि सभा पुनर्स्थापना नगरे जनताले पुनस्थापना गर्ने बताए। उनले आफूहरू पार्टी र मुलुकलाई अस्थिरतातर्फ धकेल्न नखोजेको बताउँदै पार्टी बचाइराख्न खबरदारी थालेको बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस