बाँकेका प्रजिअ कुरुम्वाङ्लाई कोराना संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाँकेका प्रजिअ कुरुम्वाङ्लाई कोराना संक्रमण


१२ कार्तिक २०७७, बुधबार


बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्लाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ कुरुम्वाङ्लाई मंगलबार कोरोना पुष्टि भएको हो ।

उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

‘कोरोना बिरुद्ध लड्दा, लड्दै म आफै संक्रमित भएको छु । म सँग सम्पर्कमा रहनु हुनेले विशेष सावधानी अपनाउनु होला’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

जिल्लाको नरैनापुरमा कोरोना सङ्क्रमण व्यापक भइरहेका बेला स्याङ्जा बाँकेमा सरुवा भएका प्रजिअ कुरुम्वाङ कोभिड-१९ को महामारी नियन्त्रणका लागि आफै सबैैतिर खटिएका थिए ।

सिमाना, क्वारेन्टान र आइसोलेसनको व्यवस्थापनदेखि कोरोना विशेष अस्पतालको सञ्चालन र शव व्यवस्थापनसम्म आफै खटिंदै आएका उनलाई पनि परीक्षण गराउँदा मंगलवार संक्रमण पुष्टि भएको हो ।

यस अघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई पनि कोरोना संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस