उपत्यकामा सवारी जाँचमा ट्राफिककाे कडाइ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा सवारी जाँचमा ट्राफिककाे कडाइ


१३ आश्विन २०७७, मंगलबार


काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेक जाँचमा कडाइ गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेक जाँचमा कडाइ गरिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेक जाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेक जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जोर बिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।

‘जोर बिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि हामीले चेक जाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिइएका छौँ,’ उनले भने।

उनका अनुसार राजधानीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन्।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एक पटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने उनले बताए।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस