बजेट निकासा गरिदिन १० हजार घुस दिन खोज्ने कार्यालय प्रमुख पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बजेट निकासा गरिदिन १० हजार घुस दिन खोज्ने कार्यालय प्रमुख पक्राउ


७ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । बजेट निकास गरिदिन १० हजार घुस दिन खोज्ने जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई पक्राउ गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा १० हजार रकम बुझाउन खोज्ने झालाई दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले बुधवार पक्राउ गरेको हो ।

नदी तटबन्धन नियन्त्रण सम्बन्धी कार्यको लागि थप बजेट निकासा गरिदिने प्रयोजनार्थ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ विराटनगरमा कार्यरत कर्मचारीलाई दस हजार घुस दिन खोजेको भन्ने उजुरीका आधारमा झालाई पक्राउ गरिएको आयोगमा प्रवक्ता प्रदीप कुमार कोइरालाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस