विवाहमा पाँचजना बढी सहभागी हुन नपाउने कञ्चनपुर प्रशासनको सूचना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विवाहमा पाँचजना बढी सहभागी हुन नपाउने कञ्चनपुर प्रशासनको सूचना


८ बैशाख २०७७, सोमबार


काठमाडौँ । कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस(कोभिड–१९)को जोखिम न्युनीकरण गर्न यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित भइ सामाजिक दुरीलगायत कोभिड–१९ को जोखिम न्युनीकरणका उपायहरु अबलम्बन गरेर विवाह कार्य सम्पन्न गर्नहुन स्पष्ट गरिन्छ ।”

प्रशासनले जिल्लाभित्र हुने विवाहका लागि सवारी पास आवश्यक नपर्ने, गाडीमा शुभ विवाहको व्यानर राख्नुपर्ने, बेहुला–बेहुली, पण्डित र पुजा सामग्री राख्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस