काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान ५ः१५ बजे पहिलो र ६ः४६ बजे दोस्रो धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३.७ रेक्टर स्केलको र दोस्रो ५.३ रेक्टर स्केलको मापन भएको छ ।
पहिलो भूकम्पको केन्द्रविन्दु बझाङ र दोस्रोको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको शाहले बताइन्। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, अछामलगायतका जिल्लामा महसुस गरिएको छ।