घुस लिएको आरोपमा सडकका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

घुस लिएको आरोपमा सडकका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


२१ माघ २०७६, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सब-इन्जिनियर विरेन्द्रकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई १५ लाख ९६ हजार रुपैयाँ घुस मागेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुलाई घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसूर गरेको प्रमाण पुष्टि भएकले विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरु दुबै जनासँग १५ लाख ९६ हजार रुपैयाँ विगो माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस