काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १ सय ११ पुगेको छ भने डिजेल र मट्टितेलको एक सय रुपैयाँ ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।