फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक


२४ मंसिर २०७६, मंगलबार


मुम्बई । दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र ‘छपाक’ को ट्रेलर सार्वजनिक गरिएको छ  ।

एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित रहेर निर्माण भएको चलचित्र ‘छपाक’को ट्रेलर विश्व मानवअधिकार दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

एसिड आक्रमणबाट पिडित युवतीको भूमिका दीपिका पादुकोणले निर्वाह गरेकी छिन्।  मेघना गुल्जारको निर्देशनमा बनेको यो चलचित्रमा दीपिकाले मालतीको भूमिका निर्वाह गरेकी छिन्।

उनलाई सन् २००५ मा १५ वर्षको उमेरमा एक पुरुषले नयाँ दिल्लीमा आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए।

यो फिल्म सन् २०२० को जनवरीमा रिलिज हुँदैछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस