मन्त्रीको टुंगो लगाउन आज ९ बजे नेकपा सचिवालय बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मन्त्रीको टुंगो लगाउन आज ९ बजे नेकपा सचिवालय बैठक बस्दै


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । सचिवालय तथा मन्त्रि हेरफेर लगायत सबै विषयलाई टुङ्गो लगाउन आज बिहान ९ बजे नेकपा सचिवालय बैठक बस्दै छ ।

स्वास्थ्यमा सुधार आएपछि नयाँ ढङ्गले काम गर्ने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच हिजो दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल भएको छ।

बालुवाटार स्रोतका अनुसार केही पुरानालाई हटाएर नयाँ थप्ने विषयमा दुई अध्यक्षबिच छलफल भएको छ । सबै मन्त्रीलाई राजीनामा दिएर त्यसमध्येबाट केहीलाई पुनः जिम्मेवारी दिने कि केहीलाई मात्र राजीनामा दिन लगाउने भन्नेबारे भने अझै टुङ्गो लागि नसकेको स्रोतको भनाई छ ।

नयाँ ढङ्गले अगाडि बढ्नु पर्ने भयो भन्दै प्रधानमन्त्री ओलीले शुक्रवार बालुवाटार बैठकमा सल्लाहकारलाई मङ्सिर १ गतेदेखि लागू हुने गरी संयुक्त राजीनामा दिन निर्देशन दिई सकेका छन् भने यसमध्ये सबै राजीनामाको तयारी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस