सुशासनमा नेपालसँग सहकार्य गर्न राष्ट्र सङ्घ तयार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुशासनमा नेपालसँग सहकार्य गर्न राष्ट्र सङ्घ तयार


११ माघ २०७३, मंगलबार


काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधि र संयुक्त राष्ट्रसङ्घ, लागुऔषध तथा अपराध (युएन ओडिसी) हेर्ने कार्यालयको दक्षिण एसिया प्रतिनिधि सुर्गी कापिनोसबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटमा सुशासन, भ्रष्टाचार नियन्त्रणलगायत विषयमा नेपालसँग सहकार्य गर्न राष्ट्र सङ्घ तयार रहेको कापिनोसले विश्वास दिलाएका थिए भने गृहमन्त्री निधिले सरकार मानव बेचबिखन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायममा प्रतिबद्ध रहेको जनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस