काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही द्विपक्षीय भेटवार्ता भएको हो ।
चिनियाँ विदेशमन्त्रीआइतबार नेपाल आएका हुन् । उनले भेटघाटको क्रमलाई तीव्रता दिएका छन् । सोमबार दुई देशको विदेशमन्त्री स्तरीय बैठकमा सरिक भएका वाङ यीले सोमबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।
आज (मंगलबार) सत्तारूढ पार्टीका अध्यक्षसँग भेटघाट पछि प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय छ ।