मलेसिया । मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।
घाइतेहरुको उपचार भइरहेको छ । घाइते मध्ये तीन जना नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।