साझाले थप्यो उपत्यकामा २० वटा नयाँ बस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

साझाले थप्यो उपत्यकामा २० वटा नयाँ बस


२१ चैत्र २०७५, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकामा साझा यातायातले २० वटा नयाँ सिटी बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौता बमोजिम छिमेकी भारतबाट ती बसल्याइएको हो ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको सेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद गरिएकोे साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनले भने, ‘अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ ।

भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाडौं आइपुग्नेछ ।’

बस काठमाडौं आइपुगेपछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाडौं महानगरपालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले एक करोड सेयर खरिद गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस