सोवा रिग्पाको निःशुल्क स्वास्थ्य शिविर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सोवा रिग्पाको निःशुल्क स्वास्थ्य शिविर


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


काठमाडौं । मञ्जुश्री संवत् २८५५ तथा सोलार संवत् २१४६ को उपलक्ष्यमा हिमालयन सोरिङ सेन्टरको आयोजनामा यही माघ १० र ११ गते झापाको विर्तामोड तथा माघ १२ र १३ गते धरान शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

सोवा रिग्पा इन्टरनेशनल कलेजका अध्यक्ष एवं फेन्दे हिमालयन सोरिङ सेन्टरका प्रबन्ध निर्देशक डा.तेञ्जिङ धार्के गुरुङ र वनारस विश्वविद्यालयका डा.ङावङ ग्याछो लामाले बिरामीको औषधोपचार गरेका थिए ।

विर्तामोड शिविरमा ४६८ र धरानमा ४९५ गरी कूल ९७३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा अल्सर, पुरानो ग्याष्टिक, पिनास, पुरानो रुघाखोकी, पायल्स, हाडजोर्नी दुःखाइ, स्त्रीरोग, उच्च रक्तचाप, नशा, बाथलगायतका दीर्घ रोगका बिरामीलाई विनाशल्यक्रिया र निःशुल्क उपचार गरिएको प्रबन्ध निर्देशक डा.गुरुङले बताए ।

विपन्न, ज्येष्ठ नागरिक एवं आँखा देख्न नसक्ने बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । भगवान् गौतम बुद्धले थालनी गरेका नेपालको प्राचीन मौलिक चिकित्सा सोवा रिग्पा उपचार पद्दतिबाट सेन्टरले पाँच वर्षदेखि देशका विभिन्न भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस