नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय : ओली « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय : ओली


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताएका छन् ।

बिहीबार मोरङमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताएका हुन् ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे पत्रकारहरूको प्रश्नमा उनले भने, ‘तपाईंरूलाई कस्तो लाग्छ । तपाईँले नक्कली नागरिकता बनाउनु भयो, भएन बेग्लै कुरा होला । तर त्यसबारे छानबिन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन भयो ? कहाँबाट हनन भयो ? प्रेससँग यसको के सम्बन्ध छ ?’

गृहमन्त्रीले ‘इगो’को रूपमा लिनुभयो जस्तो छ नि ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘संयोग त्यस्तो पर्‍यो होला ।’

ओलीले अगाडि भने, ‘काँग्रेसका नेताहरूले प्रेस स्वतन्त्रता हनन भयो, प्रजातन्त्र सिद्धिन लाग्यो, सरकार अधिनायकवादतर्फ गयो भनिरहनु भएको छ । कठैबरा ।’

Tags :
प्रतिक्रिया दिनुहोस