उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा (क) मा हुने  उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयद्वारा  आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको  आवश्यक सुरक्षा व्यवस्थापन कार्य  तयारी पूरा भएको जानकारी दिइएको हो ।

  केन्द्रीय प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा  यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए । 

 ‘निर्वाचनको क्रममा देखिन सक्ने सुरक्षा चुनौतीलाई सूक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा  प्रहरी जुटेको छ’, उनले भने । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उनको भनाइ छ ।

प्रवक्ता ढकालले उपनिर्वाचनलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक बन्दोवस्तीका सामग्रीका साथ प्रहरी मतदान केन्द्र र मतदानस्थलमा खटिइसकेको जानकारी दिए ।

 निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको उनको भनाइ छ ।

प्रहरीले उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरेको छ । निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा एक हजार  तीन सय ६३ प्रहरी परिचालन गरेको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अति संवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

बझाङ प्रदेशसभा ९क० को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी जनशक्ति परिचालन गरेको छ । सो क्षेत्रमा ३२ केन्द्रलाई अति संवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस