ओलीले सुहाङलाई भने-‘अब संसद भवनमै भेटौँला’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ओलीले सुहाङलाई भने-‘अब संसद भवनमै भेटौँला’


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । वैशाख १५ को उपचुनावको प्रचारप्रसार आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई अब संसद भवनमै भेटौँला भन्दै अन्तिम पटक प्रचार गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ओलीले सुहाङलाई अब संसद भवनमै भेटौँला भन्दै शुभेच्छा प्रकट गरेका छन् ।

सुहाङसँगको फोटो राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनेँ पनि-सुहाङ पण्डितजस्तै विद्वान हुनुहुन्छ । यो प्रसङ्गमा केही हाँसो ठट्टा पनि चल्यो । आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ । सुहाङ, अब संसद भवनमै भेटौँला !’

Tags :
प्रतिक्रिया दिनुहोस