बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तैगरी, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस