लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ


११ बैशाख २०८१, मंगलबार


पक्राउ

भद्रपुर (झापा) । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

धादिङ जिल्ला खन्याबास गाउँपालिका-५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागु औषधसहित युवा पक्राउ पर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस