आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको १७औँ संस्करणमा आज मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन सामान्य रहेको छ । राजस्थानले आफ्नो आठौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको सातमध्ये ६ खेलमा राजस्थान विजयी भएको छ ।

एक खेलमा भने राजस्थानले पराजय ब्यहोरेको छ । राजस्थान रोयल्स १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । यो सिजनको आईपीएलमा राजस्थान रोयल्सले हालसम्म एकमात्र हार गुजरात टाइटन्ससँग ब्यहोरेको हो । गुजरातले राजस्थानलाई तीन विकेटले हराएको थियो ।

मुम्बई इन्डियन्सले पनि जारी आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । मुम्बई यसअघि खेलिएको सातमध्ये तीन खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई इन्डियन्स ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस