डोटीमा तिन दिने डिजिटल र तथ्याङ्कमा आधारित पत्रकारिता तालिम सञ्चालन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डोटीमा तिन दिने डिजिटल र तथ्याङ्कमा आधारित पत्रकारिता तालिम सञ्चालन


८ बैशाख २०८१, शनिबार


 डोटी  । डोटीमा तिन दिने डिजिटल र तथ्याङ्कमा आधारित पत्रकारिता सम्बन्धी तालिम आज देखि सुरु गरिएको छ  । 

नेपाल पत्रकार महासङ्घ डोटी शाखाले आयोजना गरेको तालिमको शनिवार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका नेता एवं कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य वीर बहादुर बलायरले उद्घाटन गरेका हुन् । 

तालिमको उद्घाटन सत्रमा बोल्दै नेता बलायरले डोटीका साझा सवाल र विकासका बारेमा पत्रकारहरू एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताए । उनले भने डोटी जिल्लामा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक यातायातका थुप्रै सवालहरू छन् तिनीहरूको उजागर गर्न पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले पत्रकारहरूले आफ्नो भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । 

डोटी जिल्लामा क्रियाशील पत्रकारहरूलाई डिजिटल प्रविधिबारे नयाँ विषय बस्तुको बारेमा जानकारी दिनको लागि तालिमको आयोजना गरेको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए । तालिममा डोटी जिल्लामा क्रियाशील  २० जना पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस