पूर्वमुख्य सचिव शाक्यको अन्त्येष्टि « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पूर्वमुख्य सचिव शाक्यको अन्त्येष्टि


७ बैशाख २०८१, शुक्रबार


ललितपुर । पूर्व मुख्य सचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार शुक्रबार शंखमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो । 

उनको पार्थिव शरीरमा जेठा छोरा महेन्द्र शाक्यले दागबत्ती दिए । सोही अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आर्यघाट पुगेर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे । साथै नेपाल प्रहरीको टुकुडीले गारत सम्मानसहित सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टिमा लोक सेवा आयोगका प्रमुख माधवप्रसाद रेग्मी, आयोगका सदस्यहरू, पूर्वअध्यक्ष दिनेशचन्द्र थपलिया, संविधान सभाका सदस्य मदनबहादुर अमात्य, वाग्मती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरूसहितका व्यक्तित्वहरूका साथै स्थानीयको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस