सुदूरपश्चिम विश्वविद्यालयका तीन सय ७६ विद्यार्थी दीक्षित हुँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम विश्वविद्यालयका तीन सय ७६ विद्यार्थी दीक्षित हुँदै


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयका चौथो दीक्षान्त समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन् । आगामी आइतबार हुने चौथो दीक्षान्त समारोहमा कुल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने भएका हुन् ।

जसमा व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी हेमन्त भट्टले चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियरिङ सङ्काय स्नातक तहका नवीन प्रसाद भट्टले भाइस चान्सलर पदक पाउने भएका छन् ।

यस्तै निराकुमारी जोशी, गणेशदत्त शर्मा, वीरेन्द्र चौधरी, हरिप्रसाद अवस्थी, अभिषेक गिरी, सुनील थापा, नवीन प्रसाद जोशी र टार्जन भण्डारीले गोल्ड मेडल पाउने छन् । यसपटक एमफिलतर्फ पनि चार विद्यार्थी दीक्षित हुन लागेको परीक्षा नियन्त्रक अनुराधा रोकायाले जानकारी दिए । शिक्षा र मानविकी पनि संकायका २–२ विद्यार्थी दीक्षित हुन लागेका छन् ।

प्रधानमन्त्री एवं सुपविका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावत, शिक्षामन्त्री सुमना श्रेष्ठसहित लगायतको सहभागिता हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस