२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ


६ बैशाख २०८१, बिहिबार


नारायणगढ (चितवन) । चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।

नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उनले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

 मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताए । 

वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताए । सफाइका निम्ति चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा युवा क्लबलले सहयोग गरेका थिए ।

सप्ताहअन्तर्गत आज वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना  र्‍याली, सप्ताहको अन्तिम दिन भोलि वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयमा छलफल र संरक्षणमा योगदान गरेकालाई सम्मान गर्ने कार्यक्रम छ । 

मृगकुञ्जको अगुवाइमा जारी वन्यजन्तु सप्ताहमा  स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्था गरी २६ वटा सङ्घसंस्था संलग्न छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस