हाई अल्टिच्युट सेन्टरलाई १० करोड बजेट दिलाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता   « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हाई अल्टिच्युट सेन्टरलाई १० करोड बजेट दिलाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता  


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका लोठचौरमा सुरु भएको जुम्ला-रारा अल्ट्रा म्याराथनको पाँचौँ संस्करणको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता जनाएका हुन् ।

जुम्लाको लोठचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण भइरहेको छ । जसका लागि स्थानीय बासिन्दाले जग्गा दान गरेका छन् ।

सेन्टर निर्माणका लागि ३१ करोड रुपैयाँको डीपीआर तयार भएको थियो । तर बजेट अभावले निर्माणले गति लिन सकेको छैन ।

सोही कार्यक्रममा मन्त्री श्रेष्ठले जुम्ला-रारा अल्ट्रा म्याराथनलाई राष्ट्रिय खेलकुदको क्यालेन्डरमा राख्ने प्रतिबद्धता समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस