कोलकाताका कप्तान श्रेयस ऐरलाई १९ लाख जरिवाना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोलकाताका कप्तान श्रेयस ऐरलाई १९ लाख जरिवाना


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा १२ लाख भारु (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ ।

मंगलबार राती राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समय भन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण कारबाहीमा परेका हुन् ।

जारी आईपीएलमा स्वलो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नई सुपर किंग्सका ऋतुराज गायकवाडपनि १९ लाख जरिवनामा परी सकेका छन् । कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्का सहित सर्वाधिक १०९ रन बनाएका थिए ।

कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस