यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


४ बैशाख २०८१, मंगलबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २३ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस