पञ्जाबलाई हराएसँगै शीर्ष स्थानमा राजस्थानको फराकिलो अग्रता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पञ्जाबलाई हराएसँगै शीर्ष स्थानमा राजस्थानको फराकिलो अग्रता


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले आफ्नो उच्च फर्मलाई जारी राखेको छ। शनिबार भएको खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पाँचौं जित निकाल्यो।

जारी सिजन ६ खेलमा राजस्थान १ खेलमा मात्र हारेको छ। राजस्थान अंक तालिकामा १० अंकका साथ दोस्रो स्थानको कोलकाताभन्दा ४ अंकले अघि रहेको छ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाएको थियो। उसका लागि आशुतोष शर्माले ३१ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक लियम लिभिङस्टोनले २१ तथा जितेश शर्माले २९ रन बनाए।

त्यस्तै, अथर्व टेइडले १५ र जोनी ब्यारिस्टोले १५ रन बनाएका थिए। पञ्जाबविरुद्ध कसिलो बलिङ गर्ने क्रममा राजस्थानका आभेस खान र केशव महाराजले समान २-२ विकेट लिँदा ट्रेन्ट बोल्ट, कुल्दीप सेन र यजवेन्द्र चाहलले समान १-१ विकेट लिए।

१ सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले अन्तिम बल बाँकी हुँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे। राजस्थानका लागि यश्शवी जैशवालले ३९ रन बनाउँदा तन्सु कोटीयनले २४ तथा सन्जु स्यामसनले २३ रन बनाए।

त्यस्तै, सिम्रन हेटमेयरले २७ रनको नटआउट इनिङ खेलेका थिए। विजयी छक्का प्रहार गरेका हेटमेयर म्यान अफ द म्याच घोषित भए।

पञ्जाबका लागि कागिसो रबडा र साम कुरानले समान २-२ विकेट लिँदा अर्सदीप सिंह, लियम लिभिङस्टोन र हर्षल पटेलले १-१ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस