नेकपा एमाले पर्वतको अध्यक्षमा पहाडी  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेकपा एमाले पर्वतको अध्यक्षमा पहाडी 


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् । १०औँ अधिवेशनबाट पदमपाणी शर्मालाई पराजित गर्दै पहाडी विजयी भएका हुन् । पहाडीले २२८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी शर्माले १२७ मत पाए ।

विमल लामिछानेले २१७ मत ल्याएर उपाध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठले १४८ मत पाए । सचिवमा सुवासचन्द्र पौडेल, खुला उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिलातर्फ विन्दु अधिकारी विजयी भइन् ।

विजयी भएका अध्यक्षसहितका पदाधिकारी मन्त्री पदम गिरी समूहका हुन् भने पराजित भएकाहरू पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समूहका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस