सिद्धबाबा सुरुङ खन्न बन्द सिद्धार्थ राजमार्ग खुल्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सिद्धबाबा सुरुङ खन्न बन्द सिद्धार्थ राजमार्ग खुल्यो


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सिद्धबाबा सुरुङ खन्न दैनिक ६ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सिद्धबाबा टनेल परियोजनाले शुक्रबार एक सूचना जारी गर्दै यसको जानकारी गराएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा १६ पुसदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो ।

सिद्धार्थ राजमार्गमा अहिले मुख्य टनेलसहित स्लोप प्रोटेक्सनको काम जारी छ ।

आयोजनाको पछिल्लो अपडेट अनुसार सिद्धबाबाको उत्तरतर्फबाट २१ मिटर र दक्षिणतर्फबाट ४५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

बाइपास टनेलतर्फ पहिलो १६ मिटर, दोस्रो ९।३ मिटर र तेस्रो ५.८ मिटर खनिएको छ ।

आयोजनाको यस महिनासम्मको कुल भौतिक प्रगति ११.१५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । वित्तीय प्रगति भने १७.५७ प्रतिशत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस