अस्थायी बासिन्दाको सङ्ख्या सीमा तोक्दै क्यानडा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अस्थायी बासिन्दाको सङ्ख्या सीमा तोक्दै क्यानडा


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । क्यानडाले पहिलो पटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् ।

मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ ।

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या सीमा तोक्ने छ । यसअघि आवासको सङ्कट बढ्दै गएका कारण आप्रवासीहरूको सङ्ख्या घटाउनुपर्ने निष्कर्षमा सरकार पुगेको मन्त्रालयले बताएको थियो ।

हाल कुल जनसङ्ख्यामा अस्थायी बासिन्दाको सङ्ख्या ६.२ प्रतिशत रहेकोमा त्यसलाई ५ प्रतिशतमा सीमित गर्ने लक्ष्यमा सरकार रहेको मन्त्री मिलरले बताएका छन् । अस्थायी बासिन्दाहरूको दीर्घकालीन हित सुरक्षाका लागि सरकारले यो नीति लिन लागेको मिलरले स्पष्ट पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस