नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको कालिकता सार्वजनिक भएको छ । 

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रूपमा वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो । 

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस