बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् । 

काठमाडौँमा सोमबार सुदुरपश्चीमाञ्चल सरोकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिममा ६–७ प्रतिशतभन्दा बढी बजेट लैजान नसकेको भन्दै आफैँ सरकारमा पनि रहेकाले आगामी बजेटमा क्षेत्रीय सन्तुलनका लागि सक्दो पहल गर्ने बताएका हुन् । 

उनले भने,‘अघिल्ला वर्षहरूको तुलना यो वर्ष हामीले ६-७ प्रतिशतभन्दा बढी विकास वा बजेट सुदूरपश्चिममा लान सकेका छैनौँ । कुनै समय त्योभन्दा अलि बढी पनि भयो होला तर समग्रमा सन्तुलन अहिले पनि कायम भएको छैन । मेरो भूमिका अहिले सरकारमा सामेल भइरहँदा मन्त्रिपरिषद्मा कम्तिमा पनि सरकारले अब ल्याउने बजेटमा क्षेत्रीय सन्तुलन कायम हुने कुरामा मैले विशेष पहल गर्नेछु ।’ 

सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याइ रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आवश्यक रहेको पनि उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस