टी-२० क्रिकेट खेल्न पहिलो पटक नेपाल आउँदै वेस्टइन्डिज  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

टी-२० क्रिकेट खेल्न पहिलो पटक नेपाल आउँदै वेस्टइन्डिज 


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । टेस्ट टोली वेस्टइन्डिजको ‘ए’ टोली नेपालसँग पाँच टी-२० खेल खेल्न काठमाडौँ आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रूपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस