आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना 


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

कोशी प्रदेश र गण्डकी  देशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।  

कोशी प्रदेश र मधेश प्रदेशको  तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना  रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस