नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य 


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । लेएसएमएस फ्रेन्डशिप कप टी-२० क्रिकेटको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए ।

यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।

लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस