एक महिनामै ६८ करोड ८९ लाखको सञ्चार उपकरण र पार्टपुर्जा भित्रियो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एक महिनामै ६८ करोड ८९ लाखको सञ्चार उपकरण र पार्टपुर्जा भित्रियो


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । फागुन महिनामा मात्रै ६८ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चार उपकरण र पार्टपुर्जा नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुनमा मात्रै ६८ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चार उपकरण र पार्टपुर्जा भित्रिएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २५ अर्ब १८ करोड ८७ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण र पार्टस् आयात भएको बैंकको तथ्याङ्क छ ।

गत वर्ष यही अवधिमा २४ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् आयात भएको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढी १८ अर्ब २० करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् चीनबाट आयात भएको छ । भारतबाट ६ अर्ब ६९ लाख रुपैयाँको मात्रै टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् आयात भएको छ ।

भारत र चीनबाहेकका राष्ट्रहरुबाट ९८ करोड १४ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् नेपाल भित्रिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस