क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक जना पक्राउ


२२ चैत्र २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका-८ घर भई काठमाडौँ टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट पक्राउ गरेको हो ।

क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस