आइपिएल क्रिकेटमा आज दिल्ली र कोलकाता भिड्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आइपिएल क्रिकेटमा आज दिल्ली र कोलकाता भिड्दै


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे विशाखापटनममा सुरु हुनेछ ।

यो सिजनमा कोलकाताले खेलेका दुवै खेल जितेको छ भने दिल्लीले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । कोलकाता अङ्क तालिकाको दोस्रो र दिल्ली सातौँ स्थानमा छ ।

कोलकाता र दिल्लीबीच अहिलेसम्म ३२ खेल भएकोमा दुवै टोलीले समान १६ खेल जितेका छन् । कोलकाताले सन् २०२१ र २०१४ मा गरी दुई पटक उपाधि जित्दा दिल्ली अहिलेसम्म विजेता बन्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस