मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी-२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।

भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस